नियम ९०
वार्षिक आर्थिक कारोवार, प्रतिवेदन
(१) प्रत्येक कार्यालयले एक आर्थिक वर्षको अवधिभित्र भएको आफ्नो आर्थिक कारोवार (नगदी, जिन्सी, आय–व्यय) को अनुसूची–१४ बमोजिमको ढाँचामा वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको एक्काईस दिनभित्र दुई प्रति सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र एक प्रति तालुक कार्यालयमा पठाउनु पर्नेछ ।
(२) कुनै मन्त्रालयमा र अन्तर्गत विनियोजित रकम राजश्व र धरौटी बाहेकका छुट्टै सरकारी कोषको सञ्चालन भएको भए सोकोषको वार्षिक आय–व्ययको आर्थिक विवरणहरू आर्थिक वर्ष समाप्त भएको पन्ध्र दिन भित्र महालेखा नियन्त्रक कार्यालयमा र महालेखा परीक्षकको कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त विवरण उपर जाँचबुझ गर्नु पर्ने भए महालेखा नियन्त्रक कार्यालयले आवश्यक जाँचबुझ गरी गराई एकिकृत विवरण महालेखा परीक्षकको कार्यालयमा पठाउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम पेश हुन आएको प्रतिवेदन मध्ये एक प्रति सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (१) र (२) मा उल्लेख भएको म्यादले नपुग हुने भएमा विभागीय प्रमुख वा मन्त्रालयको सचिव वा संवैधानिक अङ्ग तथा निकायको प्रशासकीय प्रमुखको स्वीकृतिमा बढीमा पैंतीस दिनसम्म थप हुन सक्नेछ ।